काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

नतिजा अनुसार कुल १४ हजार ९१० विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । दुई जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट हेर्न सकिनेछ । साथै, नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।