आजको राहुकाल र ब्रह्म मुहूर्त

बिहान १० बजेर २४ मिनेटदेखि ११ बजेर ४६ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

बिहान ४ बजेर ४२ मिनेटदेखि ५ बजेर ३० मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।
यस समयमा पूजा, ध्यान र आध्यात्मिक कार्यका लागि शुभ मानिन्छ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
व्यापारमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । पछिसम्म आम्दानी हुने उद्योगमा लगानी विस्तार गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने भएकाले बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् । खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट सकारात्मक नतिजा प्राप्त हुनेछ । पारिवारिक साथ र मिष्टान्न भोजनको अवसर मिल्नेछ । प्रविधिको प्रयोगले काम तथा अध्ययन सहज बन्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
मन पर्ने वस्त्र र अलङ्कार उपहार पाइने सम्भावना छ । यात्रा तथा मनोरञ्जनमा सहभागी भई स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ । आत्मविश्वास बढ्नेछ र प्रतिष्ठित कार्य गर्ने अवसर प्राप्त हुनेछ । पारिवारिक जमघटमा रमाइलो हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । राजनीति तथा सामाजिक क्षेत्रमा पद प्राप्तिको योग छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
महत्त्वाकाङ्क्षी योजना तत्काल सुरु नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउनुहोस् । अनावश्यक काम र यात्रा टार्नु राम्रो हुन्छ । नियम तोडेर काम गर्दा सजाय भोग्नु पर्ने स्थिति आउन सक्छ । तर, विदेश यात्रा वा त्यहाँको व्यवसायबाट मनग्गे आम्दानीको सम्भावना छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सीमित स्रोतको सदुपयोग गरी असीमित आवश्यकता पूरा गर्न सकिनेछ । इच्छा र मनोकामना पूरा हुनेछन् । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी राम्रो आम्दानी गर्न सकिनेछ । दाजुभाइको सहयोगमा सम्पत्ति जोड्न सकिनेछ । माया–प्रेममा सामिप्यता बढ्नेछ र जीवनसाथीको सहयोगले सफलता मिल्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
राजनीति तथा समाजसेवामा जनसमर्थन पाइनेछ । पढाइ लेखाइमा राम्रो नतिजा आउनेछ । नयाँ रोजगारी वा पदोन्नतिको अवसर मिल्नेछ । व्यापारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्राकृतिक स्रोतको सदुपयोगबाट लाभ पाउने सम्भावना छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
बौद्धिक तथा सिर्जनात्मक कामबाट मनग्गे सफलता पाइनेछ । धर्म र अध्यात्ममा रुचि बढ्नेछ । दार्शनिक विषयमा ज्ञान विस्तार हुनेछ । व्यापारमा गरिएको लगानी लाभदायक हुनेछ । पारिवारिक र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो यात्रा हुन सक्छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
सत्यता बुझ्नुभन्दा हल्लाको पछि लाग्दा दुःख पाइनेछ । पुरानो रोगले सताउन सक्छ, ध्यान दिनुहोस् । अनावश्यक यात्रा र खर्च बढ्ने सम्भावना छ । अरूका काममा समय खर्चिनु पर्ने हुँदा आफ्ना कार्यहरू पछि पर्न सक्छन् । सवारी चलाउँदा विशेष ध्यान दिनुहोस् । प्रेममा अविश्वासका कारण टाढिनु पर्ने स्थिति आउन सक्छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
प्रेम सम्बन्ध बलियो बन्नेछ । जीवनसाथीको सहयोगले सफलता प्राप्त हुनेछ । व्यापारमा मनग्गे लाभ र विस्तारको सम्भावना छ । इष्टमित्र र सहयोगीको साथ पाइनेछ । प्रविधिको प्रयोगबाट आफ्नो भनाइ जनमानसमा फैलाउन सकिनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
समय अनुकूल रहेकोले सानो लगानीबाट पनि नाफा कमाउन सकिनेछ । अध्ययन वा जागिरमा प्रतिस्पर्धा जित्ने सम्भावना छ । मनोरञ्जन र कलात्मक क्षेत्रमा रुचि बढ्नेछ । न्यायिक विषयमा तपाईँकै पक्षमा निर्णय हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । ऋण, रोग तथा शत्रुबाट मुक्ति पाइनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
धन, चिट्ठा वा उपहार प्राप्त हुने योग छ । प्रेम र वैवाहिक सम्बन्धमा निकटता बढ्नेछ । सन्तानको प्रगतिमा खुशी मिल्नेछ । अध्ययनमा उत्कृष्ट परिणाम आउनेछ । वित्तीय क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
समय मध्यम रहेकोले नयाँ लगानी गर्न हतार नगर्नुहोस् । आमा वा आफन्तसँग टाढिनु पर्दा मन खिन्न हुन सक्छ । प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ । खानपानमा ध्यान दिनुहोस्, स्वास्थ्य समस्या बढ्न सक्छ । राजनीति क्षेत्रमा मध्यम समय छ, तर कृषि वा पशुपालनबाट लाभ पाइनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यवसाय र उद्योगबाट राम्रो आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा सफलता पाइनेछ । अध्ययनमा प्रगति हुनेछ । दाजुभाइ र छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालमार्फत आफ्ना विचार व्यक्त गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।