काठमाडौँ ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ, जबकि बिहीबार सोही सुन तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ पुगेको छ ।