कपिलवस्तुको बाणगंगा नगरपालिका–११, ओदारीस्थित हथौसा लिटल स्टार ले एसईई परीक्षामा ४ जीपीए हासिल गरेकी विद्यार्थी पुष्पा पाण्डे लाई विशेष सम्मान गरेको छ ।

विद्यालयले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा अभिभावकलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याएकी पाण्डेलाई नगद १ लाख २ हजार ८२ रुपैयाँ सहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिले आगामी दिनमा पनि विद्यार्थीको मेहनत, अनुशासन र प्रतिभालाई प्रोत्साहन गर्ने खालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

विद्यालयको यस्तो सम्मानले विद्यार्थीहरूलाई थप मेहनत गर्न प्रेरणा मिल्ने र शिक्षामा प्रतिस्पर्धात्मक वातावरण निर्माण हुने विश्वास गरिएको छ ।