२१ कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावलीमा नाम दर्ता गर्न नागरिकहरूलाई आह्वान गरेकी छन् । नाम दर्ता गर्न तोकिएको म्याद अब मात्र ९ दिन बाँकी रहेको भन्दै उनले समयमै नाम दर्ता गर्न अनुरोध गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले आज सामाजिक सञ्जालमा लेखेकी छन्, “तपाईंको मत नै तपाईंको आवाज हो । मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी छ ।”

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ ।