काठमाडौँ ।

देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । ती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र देशका अन्य भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।