अर्घाखाँची ।
सन्धिखर्क–गोरुसिंगे सडक खण्डको नरपानीदेखि पत्थरकोटसम्म चुनढुङ्गा बोक्ने ट्याक्टर र टिपरमा टाइम कार्ड लागू भएको छ।
चुनढुंगा बोकेका,लोड बोकेका गाडीहरू स्पिडमा हिँड्दा दुर्घटना बढ्ने भएपछि चुनढुङ्गा बोक्ने ट्याक्टर र टिपरमा टाइमकार्ड लागू भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।
टाइम कार्ड लागू भएपछि चुनढुंगा बोकेका लोड गाडीहरू नरपानीबाट ४ घण्टामा पत्थरकोट पुग्नु पर्ने भएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको वार्षिक समीक्षा कार्यक्रममा तीव्र गतिमा गुड्ने हुँदा सवारी असुरक्षा हुने भन्दै दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको उनको भनाइ छ।
आर्थिक वर्ष २०७९/८० मा जिल्लाभरमा सवारी दुर्घटनामा परि १३ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रिजालले बताए। यस्तै ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार २ सय १२ सवारी कारबाहीबाट एक वर्षमा ३७ लाख २१ हजार राजस्व उठेको छ।
यता घरेलु हिंसा ठाडो उजुरी ९५ परेकोमा ६९ मिलापत्र भएको छ। भने २२ उजुरी अदालत पठाएको छ। अब काम बाँकी रहेको संख्या ७ पुगेको प्रहरी नायव उपरीक्षक रिजालले बताएका छन्।
वनमा आगो लगाउने ३ जनालाई पक्राउ गरिएको छ। गाँजाका बोट १३ हजार ३ सय ५५ नष्ट गरिएको प्रहरी नायव निरीक्षक रिजालले बताए।