युनिक भुसाल, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीअन्तर्गत शितगंगा नगरपालिका वडा नम्बर १ को वडा सभापतिमा युवा नेता खिम अधिकारी सर्वसम्मत चयन हुनुभएको छ।
​अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूको पूर्ण सहमतिमा अधिकारीलाई वडा सभापतिको जिम्मेवारी सुम्पिइएको हो।

सर्वसम्मत चयन भएसँगै शितगंगा १ मा कांग्रेसको नयाँ वडा कार्यसमिति बनेको छ।
​नवनिर्वाचित सभापति अधिकारीले वडामा पार्टी संगठनलाई सुदृढ र एकीकृत बनाउँदै लैजाने बताउनुभएको छ।
स्थानीय स्तरमा सर्वसम्मत रूपमा युवा नेतृत्व चयन भएसँगै पार्टी कार्यकर्ताहरूमा नयाँ उत्साह थपिएको छ।