कपिलवस्तु । अर्घाखाँचीको शितगङ्गास्थित बुद्ध सामुदायिक वन उपभोक्ता समूहले रसुवाको भोटेकोशी बा८ढीबाट प्रभावित नागरिकका लागि १ लाख रुपैयाँ सहयोग गरेको छ।
बा८ढीबाट प्रभा८वित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले शितगङ्गा–१४, को बुद्ध सामुदायिक वन उपभोक्ता समूहले १ लाख रुपैयाँ सहयोग गरेको हो।

भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्ष८ति भएपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराइएको वन उपभोक्ता समूहले जनाएको छ।

बा८ढी तथा वि८पद्को समयमा पी८डित परिवारलाई राहत उपलब्ध गराउन विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला सामुदायिक वन समूहले पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।