कपिलवस्तु २० असार । कपिलबस्तु वाणगंगाका एक ७५ बर्षिय बृद्ध औसधि उपचारका अभावमा अलपत्र परेका छ्न । बाणगंगा पुलनजिक बस्दै आएका परिवारका अरु कुनै सदस्य नभएका बेसहारा बृद्ध औषधी उपचारको अभावमा अलपत्र परेका हुन । दूध प्रसाद थारु नाम बताउने ती बद्धलाई स्थानीयले उद्दार गरि कपिलवस्तु सामुदायिक अस्पताल जीतपुर पुर्याएका थिए ।
दुबै मिर्गौला बिग्रेको बृद्धको ५ दिन सम्म अस्पतालले उपचार गरे पनि कोही पनि आफन्त सम्पर्कमा नआएपछि पिपरा अस्पतालमा एम्बुलेन्स मार्फत पठाएको कपिलबस्तु सामुदायिक अस्पतालका अध्यक्ष शिवचन्द आचार्यले बताउनुभयो । तर पिपरा अस्पतालले समेत राख्न नमनेपछी बृद्धलाई फेरि कपिलबस्तु सामुदायिक अस्पताल मै फिर्ता ल्याइएको उहाले बताउनुभयो ।
एम्वुलेन्सवाट पिपरा पठाइयो फेरी पिपरा अस्पतालले एमवुन्स मै ,िर्ता पठायो । उहा सोही एम्वुलेन्समै हुनु हुन्छ सामुदायिकमा राखेर उपचार गर्ने स्थिती छैन अध्यक्ष आचार्यले भन्नु भयो । यस्ता बेसहाराको अभिभावक स्थानीय सरकार भएकाले सरकारी अस्पतालमा पठाइएको हो । तर अस्पतालले गैर जिम्मेवार ब्यवहार देखायो उहाले भन्नु भयो । अध्यक्ष आचर्यले बेबारिसे थारुलाइ नगरको जिम्मा लगाउने तयारी भएको जानकारी दिनुभयो ।
पाकिस्तानी राजदूत हाश्मी र राष्ट्रिय सभा अध्यक्ष दाहाल बीच शिष्टचार भेट
कपिलवस्तु । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् ।राजदूत हाश्मीले...
Read more