कपिलवस्तु, असार १०। बाणगंगा नगरपालिका वडा नं. १ जितपुरमा ‘न्यू रिहान इन्टरप्राइजेज’ सञ्चालनमा आएको छ। बुधबार एक कार्यक्रमका बीच पसलको औपचारिक उद्घाटन गरिएको हो। स्वदेशमै केही गरौं भन्ने उद्देश्यका साथ युवा व्यवसायी विक्रम गैरे द्वारा सञ्चालनमा ल्याइएको उक्त पसलमा घरायसी तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक विभिन्न प्रकारका विद्युतीय (इलेक्ट्रिकल) सामग्रीहरू उपलब्ध हुने जनाइएको छ।

जितपुर–तौलिहवा सडकखण्ड अन्तर्गत हिमालयन बैंकको ठीक पारिपट्टि अवस्थित यस पसलमा विद्युत् जडान तथा मर्मतसम्भारमा आवश्यक पर्ने तार, केबल, स्विच, सर्किट ब्रेकर, एलईडी बत्ती, फ्यान लगायतका विभिन्न गुणस्तरीय सामग्रीहरू पाइने सञ्चालक गैरेले बताए।

उद्घाटन अवसरमा बोल्दै उनले स्थानीय उपभोक्तालाई गुणस्तरीय सामग्री सहज रूपमा उपलब्ध गराउने तथा स्वदेशमै उद्यमशीलताको उदाहरण प्रस्तुत गर्ने लक्ष्यका साथ व्यवसाय सुरु गरिएको जानकारी दिए।स्थानीयवासी तथा व्यवसायीहरूको सहभागिता रहेको उद्घाटन कार्यक्रममा नयाँ व्यवसायले स्थानीय बजारलाई थप व्यवस्थित र सेवामुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

सञ्चालक गैरेका अनुसार ग्राहकको आवश्यकता अनुसार गुणस्तरीय विद्युतीय सामग्री उचित मूल्यमा उपलब्ध गराउँदै उत्कृष्ट सेवा प्रदान गरिनेछ। नयाँ व्यवसाय सञ्चालनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।