काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा तोकिएको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ १७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुनसक्ने र अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।