काठमाडौं ।

अन्तरालको आयोजना र व्यवस्थापनमा नेपालगन्ज कल्चर फेस्टिवल आगामी फागुनको २४ र २५ गते हुने भएको छ। देशैभरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने फेस्टिवलको उद्देश्य रहेको आयोजकले जनाएको छ।फेस्टिवलमा नेपाली मौलिक कला संस्कृति, गीत संगीत , नाच, लोकबाजा, भेषभुषा, खाना, भाषा र हस्तकलाको प्रवर्द्धन तथा प्रचार प्रसार गरिने छ।

सुदूरपश्चिमको डेउडा नृत्य र गीत देखि पुर्वी नेपालको लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालम सम्म, तराईको थारू र अवधि नृत्यरगीत देखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमालको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाण्डौं उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजा देखि लाखे नाच सम्म एउटै स्टेजमा प्रस्तुत हुनेछ।त्यस्तै, भाषा र संस्कृतिका अध्येताहरू, गीत तथा नृत्यका अध्येताहरू, चाडपर्व, रीतिरिवाजका जानकारहरू बीच छलफल र विचार विमर्श हुनेछ।

फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, यो नेपाली गीत-संगीत, नृत्य,भेषभुषा र संस्कृति झल्काउने संभवतस् नेपालकै ठूलो ईभेन्ट हो।बहु सांस्कृतिक, बहुभाषी रहेको देशमा सयौँथरी नाच र गीतको अनुसन्धान गर्नु फेस्टिवलको उद्देश्य हुने बताइएको छ।कतिपय परम्परागत बाजाहरू, भेषभुषाहरू, गहनाहरू लोप हुने अवस्थामा पुगेको, पुराना पुस्ताका गीतहरू नयाँ पुस्ताले नबुझ्ने स्थिति भएकाले सबैखाले संस्कृति र गीत(संगीतको साझा मञ्चको रुपमा फेस्टिवल आयोजना गर्न लागिएको हो।

नेपालगन्ज रंगशालामा हुने यस फेस्टिवलमा मनोरञ्जनात्मक कार्यक्रम पनि हुनेछ।फेस्टिवलमा शास्त्रीय संगीत, पछिल्लो पुस्ताको पप रक, राष्ट्रिय अन्तराष्ट्रिय ब्याण्ड देखि चर्चित गायक गायिकाहरूले आफ्नो प्रस्तुति दिनेछन्।ुदेश भनेको भूगोल मात्र पनि होइन, संस्कृति जोगिएन भने पहिचान मेटिँदै जान्छ, अन्तरालका कार्यकारी जयनारायण शाहले भने, नेपाल कल्चर फेस्टिवलको अवसरमा नेपालगन्जमा सिंगो नेपाल झल्किने छ।