सुनसरी । सप्तकोशी ब्यारेजको जल सतह केही यताकै उच्च भएको छ ।

कोशी परियोजनाका अनुसार बेलुकी ६ः१५ बजे एक लाख ७१ हजार ७१५ क्युसेक पानी मापन भएको छ ।

जल सतह बढेपछि ब्यारेजका २१ ढोका खुलेका छन् । भारी सवारी साधनलाई पालैपालो आवतजावत गर्न दिइएको जिल्ला ट्राफिक कार्यालय धरानले जनाएको छ ।

विभिन्न पहाडी जिल्लाबाट सप्तकोशीमा समाहित हुने नदीहरुको बहाव बढेका कारण जल सतह उच्च भएको परियोजनाले उल्लेख गरेको छ ।