काठमाडौं ।

साताको पाँचौं दिन बिहीबार सुनको मूल्य बढ्दा चाँदीको घटेको छ।

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढ्दा चाँदीमा तोलाको १० रुपैयाँ गिरावट आएको हो।

महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको १ लाख १९ हजार २ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १८ हजार ६५० रुपैयाँ छ।

यता चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर बिहीबार १ हजार ४१० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ।