काठमाण्डौ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

तराईका थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ।आज दिउँसो कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।राति पनि कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना छ।