चितवन ।

आज पनि नारायणगढ–मुग्लिङ सडक खण्ड अवरोध हुने भएको छ ।

नारायणगढ–मुग्लिङ सडक खण्डमा निर्माणाधीन पुलहरू मध्य बाँकी रहेको तुइन खोला पुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुनः निर्माण कार्य सुचारू गर्नका लागि उक्त सडक खण्ड बन्द गर्न लागिएको हो ।

हिजो देखि बन्द हुन सुरू गरेको सो सडक खण्ड आज पनि अपरान्ह १२ बजे देखी दिउँसो ४ बजेसम्म यातायात सञ्चालन पूर्ण रुपमा रोकिन ट्राफिक कार्यालयले जनाएको छ ।

त्यस्तै मुग्लिङ तर्फबाट छिर्ने सवारीसाधनहरू यात्रुबाहक सवारी जस्तै मिनीबस, माइक्रो बस र साना सवारीसाधन मुग्लिङ बजारदेखि मनकामना केबुलकार गेटसम्म तथा पोखरातर्फबाट आउने सवारी बेनिटार देखि पावरहाउससम्म रोकिनेछ , नारायणगढतर्फ छिर्ने सवारीसाधनहरू पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिनेछन् ।

मुग्लिङतर्फ छिर्ने ट्रक, लरी, ट्रेलर, ट्रिपर, टयाङक र भारी सवारी साधन भने लेवाटार र सत्र सय फाँटमा रोकिने छन् भने नारायणगढतर्फ छिर्ने यस्ता सवारी साधनहरू भतेरी जंगल देखि रामनगरसम्म रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

उसका अनुसार यो यात्रा अवरोध पुस ७ देखी २८ गतेसम्म जारी रहनेछ ।