काठमाडौँ ।

देशका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन् । कैलाली, दाङ, उदयपुर र सल्यानमा उनीहरू मृत फेला परेका हुन् ।

कैलाली, टिकापुर नगरपालिका(५ झन्झटपुरस्थित रानी कुलोको पानीमा सोही ठाउँ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

दाङ, गढवा गाउँपालिका(१ रङसिङ खोलाको किनारमा अर्घाखाँची सितगंगा नगरपालिका(८ बस्ने ४९ वर्षीया लक्ष्मी डालामगर सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

उदयपुर, कटारी नगरपालिका(५ खैरेनी बस्ने ७८ वर्षीय सरुकलाल कुमार दनुवार घर नजिकै रहेको आफ्नै माछा पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन्

सल्यान, कपुरकोट गाउँपालिका(६ डिग्रे बस्ने ५४ वर्षीय रामलाल पुन घरदेखि करिब ६ किलोमिटर टाढा बाटो नजिक सोमबार मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका(६ जलवाङस्थित आफन्तको घरमा गएका उनी साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।