मंगलबार पनि नेप्से घट्ने क्रमले निरन्तरता पाएको छ।

यस दिन नेप्से परिसूचक १०.१० अंकले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन १ अर्ब १९ करोड ७२ लाख ५७ हजार ८९४ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रूपैयाँ पुगेको छ। 

यस दिन २९२ वटा धितोपत्रको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच भएको हो।