कपिलवस्तु । १६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ मा आकर्षकको रुपमा जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार निर्माण गरिने भएको छ ।

बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा मुल प्रवेशद्धार जानकी मन्दिरको झल्को दिने खालको निर्माण सुरु गरिएको गेट, मञ्च, स्टल, स्थल, सचिवालय निर्माण व्यबस्थापन संयोजक रबिन मल्लले जानकारी दिए ।1000053491.jpg

चारनम्बर जितपुरको बुद्धरंगशालामा निर्माणको तयारीमा रहेको जानकी मन्दिरको प्रवेशद्वार गेट 

यता १६ औं कपिलवस्तु महोत्सव सफलतापुर्वक सम्पन्न गर्नका लागि आ आफ्नो स्थानबाट सहयोग गर्ने व्यवसायीले प्रतिवद्धता जनाएका छन् ।
आयोजक बाणगंगा वेलफेयर सोसाईटी र यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी, हार्डवेयर व्यवसायी, फेन्सी व्यवसायी लगायत विभिन्न व्यवसायीसंगको बैठकमा उक्त प्रतिवद्धता जनाइएको हो ।

महोत्सवको तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको छ । महोत्सवमा राखिने स्टलहरूको निर्माण तथा मञ्च निर्माण कार्य दुर्त गतिमा भएको छ । महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले महोत्सवमा ३०० स्टल रहने र मेलालाई समावेशी र विविधतापूर्ण बनाउने लक्ष्य लिएकोबताए । जसमध्ये २ सय व्यवसायिक स्टल, कृषि स्टलहरु ५०, स्थानीय संघ संस्थाका लागि २० वटा स्टल छुट्याइएको छ भने स्थानीय उत्पादन प्रवदन महिला उद्धमीलाई ३० स्टल छुट्याइएको छ । होटेल खाजा नास्ता २० र अटो तथा आधुनिक कृषि ओैजार प्रदर्शनी १० वटा स्टल छुट्याइएको खाँणले बताए ।

कपिलवस्तु जिल्लालाई विशिष्ठ पहिचान दिलाउन सफल र वि सं। २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १६ वर्ष पूरा गरेको छ । १६ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश) ले बताए।

तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको समग्र विकासमा दरिलो पहिचान बनाएका छन् । मंसिर १८ बाट सुरु हुने महोत्सव पुष १ गतेसम्म चल्ने र महोत्सवमा विगतका वर्षमा भएका महोत्सवहरु हुने गरेको कारोबारबाट व्यपारीहरु सन्तोष रहेको र दर्शक संख्या पनि उच्च रहेकाले दर्शकले निरन्तरता पाउने आर्थिक तथा लेखा व्यवस्थापन समितिका संयोजक मोहन पाण्डेले बताए ।

जानकी मन्दिर

जानकी मन्दिर पवित्र हिन्दु धर्मस्थल हो। जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ। यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ। नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ। विदेह राज्यको १,४८० वर्ग मिटर (१५,९३० वर्ग फिट) क्षेत्रफलमा पूर्ण रूपमा चम्किलो सेतो रंगमा निर्मित, यो ढुङ्गा र सङ्गमरमरले बनेको तीन तले संरचना हो।

 मन्दिरको भित्तामा मिथिला कला(मधुबनी) चित्रहरू छन्। यसका सबै ६० कोठामा नेपालको झन्डा, रंगीन काँच, नक्काशी र चित्रकला, जालीका झ्याल र बुर्जले सजाइएको छ।

प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो। हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ। भारतको मध्य प्रदेश स्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ।

सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो। मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो। मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ। राम जन्मको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन्। प्रत्येक महिनाका पूणिर्मामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन्।

यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ। धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकीधाम।

रामायणका अनुसार राजा जनकले मिथिलाको तत्कालीन राजधानी जनकपुर क्षेत्रबाट विदेह राज्यमा शासन गरेका थिए। उनकी छोरी, जानकी (सीता), आफ्नो स्वयमवर (दुलहा छनोट समारोह) को समयमा, रामलाई आफ्नो पतिको रूपमा रोजिन्, र अयोध्याकी रानी बनिन्। उनीहरूको विवाह समारोह ५औँ शताब्दीमा यस मन्दिरसँग जोडिएको पुरातन विवाह मण्डपमा भएको मानिन्छ, जसलाई पछि अमरसिंह थापाले मर्मतका लागि पुनर्निर्माण गरेका थिए।यो साइटलाई सन 2008 मा युनेस्को अस्थायी साइट को रूप मा नामाकरण गरिएको थियो।

इतिहास
यो मन्दिर १९११ ई.स.मा टीकमगढकी (भारत) राजकुमारीकुमारी वृषभानुद्वारा निर्माण गरिएको हो। जानकी मन्दिर मुगल शैलीमा बनाईएको मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्त्वपूर्ण बनाउँछ। यस मन्दिरको निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको भन्ने किंबदन्ति रहि आएको छ, त्यसैले यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ। यो नेपालको क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो मन्दिर हो।

मन्दिर निर्माणको सवा सय वर्ष जति मात्र भए पनि यसमा स्थापित राम-जानकीका प्रतिमा झन्डै सात सय वर्ष पुराना भएको संस्कृतिविद्को भनाइ छ। वि.सं. १४१७ मा भारतको राजधानस्थित लोहागढबाट जनकपुर आएका आदि महन्थ सुरकिशोरदास वैष्णवले राम-जानकीको प्रतिमा फेलापारेको बताइन्छ। १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउँमा १४ सय बिघा दान दिएको लिखत अझै छ।

तीर्थयात्रीहरू
प्रत्येक वर्ष नेपाल लगायतका मुख्य गरी अन्य दक्षिणी एसियाली मुलुकहरू जस्तै भारत, श्रीलङ्का बाहेक अन्य राष्ट्रहरूका हजारौँका सङ्ख्यामा तीर्थयात्री यस जानकी मन्दिरको दर्शन तथा अवलोकन गर्न आउने गर्दछन्।