काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि )बाट इतिहासमै पहिलोपटक आजदेखि अनलाइन सेवा सुरु भएको छ। त्रिविले आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइबाटै लिन सकिने जानकारी दिएको हो। त्रिविले यसअघि नै आजदेखि अनलाइन सेवा सुचारु हुने जनाएको थियो।

‘आज मिति २०८० माघ १५ गते सोमबारका दिन त्रिभुवन विश्वविद्यालय र यस कार्यालयका सम्पूर्ण पदाधिकारी तथा कर्मचारीको समुपस्थितिमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिज्यूबाट एक विशेष समारोहबीच कम्प्युटर क्लिक गरी अनलाइन सेवाको शुभारम्भ भयो,’विज्ञप्तिमा उल्लेख छ।

त्रिविका अनुसार त्रिवि पनिका बल्खुद्वारा प्रदान गरिने सेवाहरू ट्रान्सकृष्ट,प्रोभिजनल, प्रमाण पत्र, मूल प्रमाण(पत्र, पुनर्योग र करेक्सनका लागि मा गरी दिएको निर्देशन अनुसारको विवरण तथा प्रमाणहरू संलग्न गरी नेपाल बैंक लिमिटेड वा ग्लोवल आइ एम ई बैंकमध्ये एउटा बैंक छनौट गरी तोकिएको शुल्क तिरी गर्नु पर्दछ।

अनलाइन फारम २४ सै घण्टा उपलब्ध हुनेछ र सोको कार्यान्वयन कार्यालय समयभित्र सम्बन्धित कर्मचारीले रुजु गरी प्रथम चरणमै ठिक भए ठिक छ
नभएको खण्डमा निर्देशनसहित आवेदकलाई जानकारी पठाइन्छ र आवेदकले निर्देशन बमोजिमका विवरण पेस गरेको खण्डमा पुनः प्रकृयामा संलग्न हुन्छ।

‘त्यसैगरी, सच्याउनुपर्ने अवस्था भए सो को जानकारी सम्बन्धित आवेदकलाई पठाइन्छ, आवेदकलाई निजले पाउने सेवाको प्रत्येक चरणको मा देखिन्छ र प्रमाणपत्र तयार भए पछि तोकिएको स्थानबाट संकलन गर्न समेत सूचना प्रवाह हुने भएकोले आफूले अनलाइन फारम गरिसकेपछि हेरी आवश्यक निर्देशन पालना गर्नुपर्ने छ,’सूचनामा उल्लेख छ।

प्रमाण(पत्र संकलनको लागि सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्नुपर्ने छ र हाललाई आवेदन फारम भरेको मितिले सबै प्रकृया मिलेको खण्डमा एक हप्ताभित्र उपलब्ध गराइने त्रिविले जनाएको छ।