काठमाण्डौ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

बाँकी प्रदेशको मौसम भने यतिबेला सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो र राति पनि देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ।

यही अवस्था भोलि (शुक्रबार) सम्म पनि कायम रहने मौसम पूर्वानुमान माहाशाखाको अनुमान छ।शनिबार भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने छ। तर, अबको तीन दिनसम्म कतै वर्षा र हिमपातको सम्भावना भने देखिएको छैन।

महाशाखाका अनुसार देशभरिको तापक्रम घट्ने क्रममा छ।सबैतिर तापक्रम घटेर चिसो बढ्ने भएकाले त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।