काठमाण्डौ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू(भागमा आंशिक बदली रही तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।