काठमाडौँ-

नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार सुन  तोलाको ३०० रुपैयाँले घटेको हो ।महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १५ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।