बर्दिया ।
बारबर्दिया नगरपालिका-९ बनगाई बस्ने ६६ वर्षीया चन्द्रकला वलीको मृत्यु भएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर बुधबार बिहान मृत्यु भएको हो ।
आगो ताप्ने क्रममा कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।