बुटवल ।
अख्तियारको बुटवलका कार्यालय गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ हजार ५२३ मुद्दा दर्ता भएका थिए। त्यसमध्ये १ हजार ५१ फर्स्योट भएका छन् । आर्थिक वर्ष २०७९र८० को प्रतिवेदन हालै अख्तियारले सार्वजनिक गर्दै बुटवलमा ४७२ उजुरी बाँकी रहेका उल्लेख गरेको हो ।
लुम्बिनी प्रदेशबाट अख्तियारमा सबैभन्दा धेरै उजुरी रुपन्देही जिल्लामा परेको छ भने सबैभन्दा कम रोल्पामा जिल्लामा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका अनुसार रुपन्देही जिल्लामा गत आर्थिक वर्षमा ५८१ उजुरी दर्ता भएका छन् भने त्यसमध्ये ४६१ वटा फर्स्यौट गरी १६० उजुरी बाँकी रहेका छन् ।
प्रदेशमा दोस्रो धेरै उजुरी पर्ने जिल्लाको रूपमा बाँके रहेको छ । बाँके जिल्लामा ३०९ उजुरी परेका छन् । जसमा २०६ फर्स्यौट भएका छन् भने १०६ वटा उजुरी बाँकी रहेको अख्तियारले जनाएको छ ।कपिलवस्तुमा कुल २ सय ९२ वटा उजुरी दर्ता भएकोमा २ सय ३ वटा उजुरी फर्स्योट भएका छन् । यहाँ ८९ वटा उजुरी बाँकी छन् । बर्दिया जिल्लामा परेको ११९ उजुरीमध्ये ७१ उजुरी फर्स्यौट भएका छन् भने ४८ वटा बाँकी रहेका छन् ।
नवलपरासी पश्चिममा १ सय ४२ वटा उजुरी परेकोमा ८६ वटा मात्रै फर्स्योट भएका छन् । अझै ५६ वटा उजुरी बाँकी छन् । यस्तै पाल्पा जिल्लामा कुल १ सय ६२ वटा उजुरी परेकोमा कुल १ सय २५ वटा फर्स्योट भएका छन् भने अझै ३७ वटा बाँकी छन् । गुल्मी जिल्लामा परेको १ सय २८ वटा उजुरीमध्ये ८१ वटामात्रै फर्स्योट भएका छन् । अझै ४७ वटा उजुरी फर्स्योट हुन बाँकी छन् ।
अर्घाखाँची जिल्लामा कुल ७५ उजुरी दर्ता भएकोमा ४९ वटा फर्छ्यौट भएका छन् भने २६ बाँकी छन् । प्युठान जिल्लाका कुल ४४ वटा उजुरी परेकोमा २९ फर्छ्यौट भएर १५ वटा बाँकी छन् ।
प्रतिवेदन अनुसार रोल्पामा १ वटा दर्ता भएकोमा त्यो फर्स्योट भएको छ । यहाँ अन्य उजुरी छैनन् । दाङ जिल्लमा ५ वटा दर्ता भएकोमा ३ वटा फर्स्योट भएर २ वटा मात्रै बाँकी छन् । अख्तियार कार्यालय बुटवलको ८ वटा जिल्ला हेर्छ भने अरू जिल्लाहरू अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जले हर्ने गर्दछ ।
स्थानीय तहमा बढी
अख्तियारको बुटवल कार्यालयका अनुसार सबैभन्दा बढी प्रदेशका स्थानीय तह९सङ्घीय० मामिलाबारे उजुरी दर्ता भएका छन् । एकै वर्षमा ७ सय ७३ उजुरी दर्ता हुँदा उक्त क्षेत्रका कुल ५ सय २५ उजुरी फर्स्योट भएका छन् भने अझै २ सय ३८ उजुरी फर्स्योट हुन बाँकी छन् ।
त्यसपछि स्थानीय तहको शिक्षामा कुल २ सय ७० उजुरी दर्ता भएकोमा १ सय ९५ फर्स्योट भएर अझै ७५ उजुरी बाँकी रहेका छन् । प्रदेशको वन तथा वातावरणमा ९९ वटा, भूमि व्यवस्थापनमा १ सय २२ वटा, गृह प्रशासनमा २९ वटा, अन्य २ सय ४० गरी प्रदेशमा कुल १ हजार ५२३ उजुरी दर्ता भएको हो ।
अख्तियार कार्यालय बुटवलले कुल १ हजार ५२३ मध्ये १ हजार ५३ उजुरी फर्स्योट गरी ६९.१४ प्रतिशत लक्ष्य पुरा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सूचना अधिकारी उपसचिव भेषराज रिजालले बाँकी रहेका उजुरीहरूको सही रूपमा छानबिन गरी अगाडि बढाउने क्रममा रहेको बताए ।रातोपाटीबाट साभार