कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा आईतबार देखि चाडपर्व लक्षित बजार अनुगमन हुनेभएको छ ।
जिल्लाका अन्य पालिकाहरुमा भन्दा केहि ढिला गरि बाणगंगा नगरपालिकामा २१ गते आईतवार देखि बजार अनुगमन हुने भएको हो ।
उपभोक्ताको हक अधिकारलाई मध्यनजर गर्दै २१ गते आईतवार देखि नगरका विभिन्न स्थानमा बजार अनुगमन गर्ने प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बताउनु भएको छ ।
बजार अनुगमनको विषयमा आम उपभोक्ता, स्थानिय लागायत सबै सचेत हुनुपर्ने भएपनि कहिँकतै हुनसक्ने अनैतिक र गैरकानुनी कार्यलाई हटाउनको लागि नगरको टिम बनाएर अनुगमन गर्ने उहाँले बताउनुभएको छ ।
नगरका पदाधिकारी लगायतको टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न बजार÷पसलहरुको अनुमगन गर्ने छ । अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने नगरपालिकाले जनाएको छ ।