कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ डुगंगाकी १५ वर्षीया बन्जिता थापा हराएकी छन् । परिवारका अनुसार उनी हिजो साँझ ६ देखि ७ बजेको बीचमा हराएकी हुन् ।

उनी पश्चिमतर्फ जाने गाडीमा चढेको देखिएको बताइएको छ ।परिवारले बालिकाको खोजीकार्यमा सहयोग गरिदिन सबैसँग आग्रह गरेको छ । उनलाई कतै देखेमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई खबर गर्न अनुरोध गरिएको छ ।