रुपन्देही ८ साउन । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा। प्रकाशशरण महतले दोषी प्रमाणित नहुँदै कांग्रेस नेता बालकृष्ण खाणलाई पार्टीबाट कुनै कारबाही नहुने जनाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने विषय उठिरहेका बेला संस्थापन समूहकै नेता रहेका प्रवक्ता महतले खाणकै गृहनगरमा उनको बचाउ गर्दै यस्तो बताएका हुन् ।सोमबार खाणको निर्वाचन क्षेत्रमा रहेको रुपन्देही क्षेत्र नं ३ मा आयोजित पार्टीको कार्यक्रममा डा। महतले खाण आफैले दोषी नरहेको बताइरहेका बेला न्यायधीश बनेर कारबाही हुन नसक्ने बताए ।
स्वयं बालकृष्णजीले म दोषी हैन, गल्ती गरेको छैन, अदालतमा फेस गर्छु भनेको बेला हामीले हटाउन हुँदैन, पहिला पनि यस्ता विषय आएका हुन् फैसला नहुँदै गरिएको छैन, प्रमाणित भएपछि मात्र हुन्छ’, नेता महतले भने, ‘उहाँको पार्टीमा ठूलो योगदान छ, उहाँ परेकोमा हामी दुःखी छौं, हामी छानविनकर्ता होइनौ, हामीले नै दोषी भन्नुहुँदैन,रिस साँध्ने काम गर्नुहुँदैन, दोष भेटिएको छैन ।’ठूलठूला नेताहरुलाई नियोजित रुपमा फसाइएको इतिहास छ, आफ्नै नेताकार्यकर्ताको उक्साहटमा अख्तियारमा पुराइएको हो, त्यही भएका कारण पनि हामीले हतार गर्नु राम्रो होइन,कानुनको कोर्षमा रोक्न कोशिस गरेनौं, निष्पक्ष छानविन हुनुपर्छ’ महतले भने, ‘दोषी प्रमाणित भयो भने कारबाही भइहाल्छ नि । ’
नेता महतले पार्टीको बैठक सधै सबै बैठक लाइभ हुन नसक्ने बताउँदै अहिले प्रत्यक्ष प्रशारणले पार्टीभित्रका धेरै भ्रम हटेको बताए ।
भित्र एउटा कुरा गर्ने बाहिर अर्कै कुरा गर्नेहरुलाई यसले हैरानी पारेको छ, अब नेतृत्व गर्नेहरु अनावश्यक किचलोमा परेर कार्यकर्ताबीच कस्तो सन्देश जान्छ रु अब यसो गर्नुहुँदैन भन्ने सन्देश यसले दियो, तर अब सबै बैठक लाइभ हुन्छन् भन्ने होइन, अब एउटा कार्यविधि बन्छ सोही अनुसार अगाडि बढ्छौं ।’
जाडो बढेपछि कपिलवस्तुका ६ पालिकामा विद्यालय बन्द
कपिलवस्तु । तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत...
Read more