Tuesday, May 13, 2025
Sajha Diary
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result
मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ | बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै | गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा | कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी | राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति | प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य | बागमती प्रदेशमा आज सार्वजनिक बिदा | आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित | मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना | आज संघीय संसदको दुवै सदनको बैठक बस्दै |

  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर
No Result
View All Result

Sajha Diary, Sajha, sajhakura, sajha samachar, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

नेपालको सार्वजनिक ऋण प्रतिव्यक्ति ७६ हजार रुपैयाँ, तिर्न बाँकी ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

न्युज डेस्क न्युज डेस्क
२०८० साउन ८, सोमवार १२:०० AM
नेपालको सार्वजनिक ऋण प्रतिव्यक्ति ७६ हजार रुपैयाँ, तिर्न बाँकी ऋण २२ खर्ब २१ अर्ब नाघ्यो

काठमाण्डौ, ०८ साउन । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

गएको आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दुई खर्ब आठ अर्ब ३८ करोड २१ लाख रुपैयाँ थपिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा यस्तो ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ बराबर थियो । गएको आर्थिक वर्षमा मात्र एक खर्ब ४० अर्ब ८७ करोड ९९ लाख बराबर आन्तरिक र ६७ अर्ब ५० करोड २२ लाख रुपैयाँ बराबर बाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्रतिव्यक्ति ऋण ७६ हजार एक सय ७७ रुपैयाँ

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७६ हजार एक सय ७७ रुपैयाँ बराबर पर्न जान्छ ।

साँवा-ब्याजको दायित्व पुँजीगत खर्चकै हाराहारी

गएको आर्थिक वर्ष २०७९/८० मा नेपालको पुँजीगत खर्च दुई खर्ब ३३ अर्ब ६९ करोड रुपैयाँ बराबर छ । सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गएको वर्ष सरकारले गरेको खर्च पनि विकास खर्चकै हाराहारी छ ।

गएको वर्षमा ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले दुई खर्ब २२ अर्ब ७४ करोड २१ लाख रुपैयाँ खर्च गरेको छ । जसमध्ये आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानी एक खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा ४३ अर्ब एक करोड ६८ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

सरकारले गएको वर्ष आन्तरिक ऋणको साँवामात्रै एक खर्ब १५ अर्ब ११ करोड ७८ लाख रुपैयाँ बराबर तिरेको छ । त्यस्तै आन्तरिक ऋणको ब्याजमा ६४ अर्ब ४९ करोड ४२ लाख र नेपाल राष्ट्र बैंकलाई तिर्ने कमिसनमा ११ करोड ३३ लाख रुपैयाँ बराबर खर्च भएको छ । बाह्य ऋणमा भने ३४ अर्ब ६१ करोड ७९ लाख बराबर साँवा र आठ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बराबर ब्याज भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

गएको आर्थिक वर्ष २०७९/८० मा नेपालले तीन खर्ब ३८ अर्ब ११ करोड ७८ लाख रुपैयाँ बराबर आन्तरिक र बाह्य ऋण उठाएको छ । आन्तरिकतर्फ दुई खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख र बाह्यतर्फ एक खर्ब दुई अर्ब १२ करोड रुपैयाँ बराबर ऋण उठेको छ ।

जीडीपी–ऋण अनुपात ४५ दशमलव ८० प्रतिशत

अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । जीडीपीको यो आकारलाई आधार मान्दा जीडीपीमा सार्वजनिक ऋणको अनुपात ४५ दशमलव ८० प्रतिशत पुगेको छ । जीडीपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आउँदा दिनमा देशको अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने भन्दै सार्वजनिक ऋण बढेकोमा आलोचना हुने गरेको छ ।

एक दशकमा चार गुणाले बढ्यो सरकारी ऋण

आर्थिक वर्ष २०७०/७१ मा नेपालको सार्वजनिक ऋण पाँच खर्ब ५३ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबर थियो भने त्यो वर्ष जीडीपीमा सार्वजनिक ऋणको अनुपात २८ दशमलव ५१ प्रतिशत बराबर थियो । पछिल्लो झन्डै एक दशकमा नेपालको सार्वजनिक ऋण चार गुणाले बढेको छ भने जीडीपीमा ऋणको अनुपात दोब्बरले बढेको छ ।

पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालको सार्वजनिक ऋण छ खर्ब ९७ अर्ब ६८ करोड रुपैयाँ बराबर थियो ।

भूकम्पपछिको पुनःसंरचनाका लागि नेपालले ऋण मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४/७५ सम्ममा नौ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ पुग्यो । त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा १० खर्ब ४८ अर्ब १५ करोड, आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड, आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३७ अर्ब ६३ करोड र आर्थिक वर्ष २०७८/७९ सम्ममा २० खर्ब १३ अर्ब २९ करोड बराबर पुगेको थियो ।

यस वर्ष थप चार खर्ब ५२ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य

सरकारी राजस्व सङ्कलनको तुलनामा ठूलो आकारको बजेट ल्याउँदा सरकारले आन्तरिक र बाह्य ऋणलाई बजेट स्रोतका रूपमा देखाउँछ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को घाटा बजेट पूर्ति गर्नका लागि चार खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये दुई खर्ब ४० अर्ब आन्तरिक र दुई खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ बाह्य ऋण उठाउने सरकारको लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

साझा डायरी लुम्बिनी प्रदेशको चर्चित अनलाइन हो । नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको...

Read more
बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

काठमाण्डौ – शान्तिका अग्रदूतका रुपमा विश्व परिचित सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५६९औं जयन्ती पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ...

Read more
गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

पशुपति गिरी,कपिलवस्तु । कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाले चालु तथा अघिल्लो वर्षका मुख्य विकास योजनामध्ये करिब ४० प्रतिशत योजना सम्पन्न गरेको...

Read more
राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले मानव अधिकार विरुद्ध गैरकानुनी गति विधि गरेको आरोप लागेको छ । वाणगंगा नगरपालिका–४...

Read more
प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।उनको सचिवालयका अनुसार मंगलबार राति...

Read more
बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौैं । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले...

Read more
आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित

आज प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूची सहित

काठमान्डौं । प्रतिनिधि सभाको बैठक बुधबार बिहान बस्दैछ।आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति...

Read more
मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

मौसम अपडेट : देशभर आंशिकदेखि साधारण बदली, पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

कपिलवस्तु । पश्चिमी स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि...

Read more
आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै

काठमान्डौं । संघीय संसदअन्तर्गत् दुवै सदनको बैठक मंगलबार बस्दैछ।प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। प्रतिनिधि सभा बैठकमा गत...

Read more
मौसम अपडेट : यी प्रदेशमा आज वर्षाको सम्भावना

मौसम अपडेट : देशका यी भूभागमा आज वर्षा हुने सम्भावना

कपिलवस्तु । पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर...

Read more

भर्खरै प्रकाशित

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

मौसम अपडेट : आजको मौसम यस्तो रहनेछ

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

बुद्ध जयन्तीको रौनक : लुम्बिनी झकिझकाउ, शान्तिको उज्यालो फैलिँदै

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

गुणस्तरीय विकास र जनमुखी सेवा यशोधरा गाउँपालिकाको प्राथमिकतामा

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

कपिलवस्तु बहुमुखी क्याम्पस निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, हरम शरीफ मुसलमान ९७ मतको अन्तरले विजयी

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

राजनीतिक पहुँच र व्यक्तिगत स्वार्थमा प्रहरीको प्रयोग ? पाण्डेले मागे न्याय र क्षतिपूर्ति

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

प्रचण्ड शौचालयमा चिप्लिएर घाइते, अवस्था सामान्य

अर्गानिक मिडिया प्रा.लि. द्वारासंचालित
साझा डायरी डटकम अनलाइन
ठेगाना: कपिलवस्तु, लुम्बिनी प्रदेश
सम्पर्क नं.: +977-9807494930
इमेल: [email protected]

 सूचना विभाग दर्ता नं.:  ४१५०/२०८०/०८१ 

हाम्रो टीम

व्यवस्थापक: केशव खनाल

सम्पादक: अनिस बन्जाडे

समाचार डेक्स: दिपिका सुनार 

भिडियो सम्पादक:

फोटो ग्राफी:

QUICK LINKS

Preeti To Unicode
Unicode to Preeti
Privacy Policy
आजको सुनचादीको मुल्य
आजको राशिफल
आजको विदेशी मुद्राको विक्रीदर

सामाजिक संजालमा हामी

  • Powered By: ProTech

© 2023 Organic Media

No Result
View All Result
  • समाचार
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कपिलवस्तु विशेष
  • लुम्बिनी प्रदेश
    • कपिलवस्तु
    • अर्घाखाँची
    • गुल्मी
    • दाङ
    • पाल्पा
    • प्युठान
    • बाँके
    • रुपन्देही
    • रोल्पा
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • कृषि
    • दुर्घटना
    • जिवनशैली
    • पत्र-पत्रिका
    • शिक्षा/स्वास्थ्य
    • विज्ञान/प्राविधि
    • सुरक्षा/अपराध
    • पर्यटन
    • फोटो फिचर

© 2023 Organic Media