कपिलवस्तु ४ साउन । भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै गैरबासमती सबै प्रकारका सेतो चामल निर्यातमा प्रतिबन्ध लगाएको हो । ‘निर्यात नीतिअनुरुप गैरबासमती सेतो चामल स्वतन्त्र रुपमा निर्यात गर्न प्रतिबन्ध गरिएको छ’ महानिर्देशनालयको सूचनामा भनिएको छ ।सो सूचना जारी हुनुअघि नै निर्यातका लागि लोड भइसकेको अवस्थाका हकमा भने सूचनाले बाधा नपुर्याउने उल्लेख गरिएको छ । भारतका प्रमुख धान उत्पादन क्षेत्रमा वर्षाको कमीपछि उत्पादन घट्ने प्रक्षेपणले भारतमा चामलको मूल्य बढ्न थालेसँगै सरकारले निर्यातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतले चामल निर्यातमा प्रतिबन्ध गरेपछि खाद्य आपूर्ति शृंखलामा अवरोध हुन गई यसले नेपाल लगायत मुलुकमा समेत मूल्य बढ्ने अनुमान गरिएको छ । भारतको धान निर्यातकर्ता संघ (आरईए)का अध्यक्ष बीभी कृष्ण रावले सरकारले धानको खरिद मूल्य बढाउने कदम चालेकाले मूल्य बढेको बताए । ‘सरकारले कल्याणकारी योजनाहरुको लागि आवश्यकभन्दा बढी मौज्दात राखेको छ, त्यसकारण निर्यातमा प्रतिबन्ध लगाउन जरुरत छैन’ उनले रोयटर्ससँग भनेका छन् ।
अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं : अष्ट्रियालाई हराउँदै टर्कीले युरो कपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। जर्मनीको लाइप्जिगमा गएराति भएको खेलमा टर्कीले २-१ को जित निकाल्दै...
Read more