काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेका छन् ।

मोदीले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहसँग बुधबार टेलिफोनमा कुराकानी गरेका हुन् । सो क्रममा बाढीबाट भएको मानवीय क्षतिप्रति समवेदना व्यक्त गरेको मोदीले जानकारी दिएका छन् ।

उनले कठिन परिस्थितिमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताएका छन् ।