दाङ १८ असार। राप्ती नदीमा आएको बाढीका कारण नदीको बीच भागमा फसेका ६ जना गोठाला र ७८ वटा बाख्राको शनिवार राति उद्धार गरिएको छ । राप्ती–सोनारी २ शम्शेरगञ्जका दलबहादुर पुन सहित ६ जना बाख्रा चराउन गएकोमा दिउसो नदीमा एक्कासि बाढी आएपछि बिच भागमा फस्नुभएको थियो । घटनाको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी विपिन आचार्य सहितका सुरक्षा प्रमुखहरू घटनास्थल कचनापुर पुग्नुभएको थियो । बाढीमा फसेका व्यक्ति र बाख्रालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले राती नै सकुशल उद्धार गरेको स्थानीय अगुवा डिल्ली गिरीले जानकारी दिनुभयो । स्थानीय अगुवा गिरीका अनुसार नदी वारी रहेका अन्य गोठालाहरू बेलुका घर फर्केपछि नदीको बिच भागमा केही व्यक्तिहरू फसेको जानकारी भए लगत्तै सुरक्षा निकायमा खबर गरिएको हो । तिन वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू तत्कालै घटनास्थलमा पुगी उद्धार सुरु गरी राती १० बजेतिर डुङ्गामार्फत सबैको उद्धार गरिएको उहाँले बताउनुभयो ।
यता रुपन्देहीको तिलोत्तमामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा–१० कान्छीबजारका ३८ वर्षीय महेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार आइतबार बिहान ८ बजेतिर छिमेकीको घरमा बत्ती नबलेपछि पोलमा चढेर तार बनाइदिएका उनलाई तल झर्ने क्रममा करेन्ट लागेको थियो ।गम्भीर घाइते भई अचेत बनेका उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पोस्टमार्टमपश्चात शव परिवारलाई बुझाइएको छ ।
बाणगंगा बैरियामा सामुदायिक डायलाइसिस केन्द्रको उद्घाटन
कपिलवस्तु । कपिलवस्तु जिल्लामा सामुदायिक डायलाइसिस केन्द्रको उद्घाटन बिहीबार गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाणगंगा–१ मा आयोजित कार्यक्रममा...
Read more