रिता खनाल,कपिलवस्तु ।
कपिलवस्तु ट्यालेन्ट हन्टको फाइनल अडिसन यही फागुन १५ गते बुद्व रङ्गशाला जितपुरमा सम्पन्न हुने भएको छ ।मगर दिवसको अवसर पारी उक्त सोको तयारी तिब्र पारिएको ईभेन्ट डाईरेक्टर बिकी परियारले बताएका छन् । उक्त सो मा चर्चित फिल्मी एक्टर नायक सौगात मल्ल ,नाजेर हुसेन , बिन बस्नेत आउने भएका छन् । मुल्यांकन तर्फ भने गायक बिनोद बिष्ट , भुवन खड्का , श्रीधर अधिकारी रहने छन् ।
उक्त सो रोचक र भब्य रुपमा सम्पन्न हुने आयोजकले दाबी गरेको छ।केबी डान्स स्टुडियो बुटवल एन्ड आर.के.एस ग्रुपको संयुक्त आयोजनामा भैरहेको सिङ्गिङ , डान्सिङ र मोडलिङ सो यतिबेला कपिलवस्तुको चारनम्बरमा भैराखेको छ। पछिल्लो समय लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा १८ भन्दा बढि ईभेन्ट सो गरिरसकेको ईभेन्ट डाईरेक्टर परियारले बताए । उक्त सो का लागि बाणगंगा नगरपालिकाका स्कुलहरु मध्ये बाणगंगा माध्यमिक विद्यालय , हिलबर्ट बोर्डिङ , बालज्योती , होराईजन माध्यमिक विद्यालयबाट ३० जना प्रतियोगी सहभागी हुने छन् । यतिवेला भोटिङ् सिस्टम पनि खुला गरिसकिएको र सोका लागि प्रतियोगीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिलाई भोटिङ् र ट्यालेन्टको आधारमा छनोट गर्ने आयोजकले जनाएको छ ।डान्सिङ्गमा प्रथम हुनेले रु.१५ हजार म्युजिक भिडियो , सर्ट भिडियो , लगायत गिफ्ट ह्यम्पर , साथै अन्य पुरस्कार प्राप्त गर्ने छन् भने त्यसै गरि गायन तर्फ प्रथम हुनेले गिफ्ट ह्यम्पर नगद, फोटो सुट , स्टेज प्रोग्राम , सर्ट मेकप क्लास दिने ईभेन्ट म्यानेजर युदिन खड्का ले बताए । अन्य प्रतियोगीहरु मध्य तृतिय र सान्त्वना हुने प्रतियोगिले पनि पुरस्कार प्राप्त गर्नेछन्।