साझा डायरी बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ ले आयोजना गरेको तीज गित प्रतियोगितामा लौगाई टोल विकास संस्था प्रथम भएको छ । वडा कार्यालयले आयोजना गरेको प्रतियोगितामा ९ टिमले सहभागीता जनाएका थिए । जस्मा पुलचोक टोल बिकास संस्था द्धितीय, धनेशपुर टोल बिकास संस्था तृतीय र र मधुबन टोल बिकास संस्था सान्त्वना भएको नियार्णक मण्डलले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य विमला घिमिरेले तिजको नाममा चाडपर्वलाई भड्किलो नबनाउन आग्रह गर्नु भएको छ । उहाँले पछिल्लो समय मौलिक संस्कृती, मौलिक परम्परागत तीज गित हराउँदै गएको अबस्थामा वडाले मौलिक संस्कृती जर्गेना गर्ने उद्धेश्यले परापुर्वकाल देखि चल्दै आएको रितिरिवाज संस्कृती, परम्परा, नेपालीको गहनालाई गित मार्फत प्रस्तुत गरेको बताउनु भयो ।
साथै वाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले तिजको शुभकामना दिदै महंगो होटेल तथा तडकभडक गरि तिजको नाममा गहना प्रदर्शन गर्ने तिजको दर खाने चलन मौलाउदै गएको अवस्थामा भने वडाले मौलिक संस्कृतको जर्गना गर्दै तिज प्रयोगिता राख्नु राम्रो भएको बताउनु भयो ।
उहाँले हरितालिका तिज महिला दिदीबहिनीहरुलाई एक आपसमा भेला भई खुसी साटासाट गर्ने र गित एवं कलाका माध्यमबाट आफ्नो बेदना प्रस्तुत गर्ने पर्वको रुपमा रहेको उहाँले जोड दिनु भयो ।कार्यपालिका सदस्य सारादा परियारको अध्यक्षता, वडा सदस्य जुना देवि थारुको स्वागत मन्तव्य तथा वडा सदस्य शैलेन्द्र बेल्बासेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।