साझा डायरी अनलाइन, जितपुर ।
क्लिक ईन्टरनेशनल एजूकेशनले यहि शुक्रबार भव्यताका साथ नवौं बार्षिकोत्सब काठमान्डौ,बुटवल र कपिलवस्तुमा एकैसाथ मनाएको छ। कपिलवस्तु शाखामा प्रमुख अतिथी तथा बाणगंगा नगर उप प्रमुख रिता कुमारी चौधरीले यस क्लिक ईन्टरनेशनल एजूकेशनलाई नवौं बार्षिकोत्सबको शुभकामना दिनुभएको छ। उप प्रमुख चौधरीले यति बेला विदेश जाने जुन लक्रो चलिरहेको छ यस्ले नेपालमा ५०।६० उमेर समुह मात्रै हुने अवस्था नआउला भन्न सकिदैन भन्दै स्थानिय सरकार,प्रदेश र केन्द्र सरकारले नेपालमै रोजगारी सिर्जना गर्ने बातावरण बनाउन आफू र सरकारलाइ पनि लाग्न आग्रह गनुभयो ।


कार्यक्रमको अध्यक्ष तथा कपिलवस्तु शाखा प्रमुख पृथ्वी पौडेलले यस क्लिक ईन्टरनेशनल एजूकेशनले अन्य एजुकेशनल संस्थाहरु भन्दा बिद्यार्थीहरुको शुल्कमा बिशेष छुट दिएको बताउनुभयो । पौडेलले बिद्यार्थीहरुको भिजा ९ईन्टेक० निश्चित नभएसम्मनै भाषा अध्ययनका अतिरिक्त शुल्क नलिएको र समय पनि नतोकिएको बताउँदै बिद्यार्थीहरुले ढुक्कका साथ भाषा अध्ययन गर्न पाउने र आफ्नो रोजाई अनुसारको कुनै पनी शहर छान्न पाउने कुरामा विश्वस्त रहन आग्रह गर्दै यस बार्षिकोत्सबमा सि वो ई आएका बिद्यार्थीहरुलाई सम्मान गर्दै शुभकामना दिनुभएको थियो ।
संस्थाका प्रवन्ध निर्देशक गोविन्द खनालले वैदेशिक शिक्षा अन्तर्गत अमेरिका, जापान, अष्ट्रेलिया, क्यानाडा, बेलायत, युएई लगायतका मुलुकमा शिक्षा आर्जन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलव्ध गराउनुका साथै विद्यार्थी र अभिभावकको चाहनालाई मध्यनजर गर्दै गुणस्तरीय सेवामा प्रतिवद्ध रहेको बताउनुभयो ।साथै यस संस्थालाई विश्वास, माया, गर्नुहुने सम्पूर्ण विद्यार्थी, अभिभावकहरू प्रति धन्यवाद व्यक्त गर्दै आगमि दिनमा पनि यस्तै माया, सहयोग र हौसालाको अपेक्षा राखेको बताउनु भयो ।


कपिलवस्तु बाट बिद्यार्थीहरुलाई सेवा दिदै आएको यस क्लिक ईन्टरनेशनल एजूकेशनको नवौं बार्षिकोत्सब कपिलवस्तु शाखा प्रमुख पृथ्वी पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बुद्ध आवाज राष्ट्रिय साप्ताहिकका सम्पदाता कुलराज भुषाल,इन्जिनियर अनिल खनाल,जापानिज भाषा शिक्षक बिष्णु थारु,बुद्ध आवाज समाचार प्रमुख सरिता थारु,टेलिभिजनका प्रमुख लक्षमण साप्कोटा लगायतको उपस्थीतिमा सम्पन्न कार्यक्रमको स्वागत मन्त्व्य पिटी आयल्स तथा काउन्सीलर श्रृष्टी शर्मा र कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाकार पशुपति गिरीले गर्नुभएको थियो ।

