गुल्मी २५ असार, । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।केही दिनअघि प्रकाशित एसईई नतिजामा ४ जीपीए ल्याएकी श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट ४ की स्मृति कंडेललाई गाउँपालिकाले सम्मान गरेको हो ।जिल्लाबाट उत्कृष्ट अंक ल्याएर पास हुन सफल भएको भन्दै कंडेललाई पालिका अध्यक्ष रामप्रसाद पाण्डेले नगद ३५ हजारसहित सम्मान गरे ।कार्यक्रममा बधाई ज्ञापन गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले सामुदायिक विद्यालय पनि उत्कृष्ट नतिजा ल्याउन सक्षम रहेको बताए ।
कंडेलको नतिजाले गाउँको सामुदायिक विद्यालयबाट पनि उत्कृष्ट अंक ल्याएर विद्यार्थी उतीर्ण हुनसक्छन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ छ ।अध्यक्ष पाण्डेले विद्यालयहरुको गुणस्तर वृद्धिको लागि गाउँपालिकाले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको पनि बताए ।श्रृङ्गा जनता माध्यमिक विद्यालय सामुदायिक विद्यालयतर्फ लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ ।यसपटक विद्यालयबाट ४५ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा एसईई मा सहभागी भएका थिए ।यस्तै, विद्यालयले एसईई मा २.८ जीपीए ल्याएर पालिकामै कक्षा ११ र १२ पढे पूर्णरूपमा छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।
जाडो बढेपछि कपिलवस्तुका ६ पालिकामा विद्यालय बन्द
कपिलवस्तु । तराईमा चिसो बढेपछि कपिलवस्तुका ६ स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । आइतबारदेखि स्थानीय तहमा संचालित सामुदायिक, संस्थागत...
Read more