दाङ । काठमाडौंमा सोमबार भएको जेनजी प्रदर्शनमा प्रहरी दमनका कारण १९ जनाको ज्यान गएपछि त्यसको विरोधमा आज बिहान दाङमा पनि युवाहरूले प्रदर्शन गरेका छन् ।

हिजोको घटनालाई लिएर युवाहरूमा आक्रोश बढेको छ । उनीहरूले शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको कडा आलोचना गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।