बाणगंगा ।
कृषि ,वन विषयक बहुसरोकारवाला बिच छलफल कार्यक्रमको दोस्रो पुर्ण बैठक फुलवारी सामुदायिक भवनमा सम्पन्न भएको छ।कृषी वन सहज कार्यक्रम अन्तर्गत फुलवारी सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ७ क.व.को आयोजना तथा विश्व खाध्य संगठनको सहयोगमा भएको दोस्रो छलफल बैठकमा सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।उक्त बैठकका प्रमुख अतिथी तथा महासंघका प्रदेश उपाध्यक्ष हुमनाथ भट्टराईले वनमा रहेको खाली जग्गालाई सदुपयोग गरि कृषी सँग जोड्ने,रोजगारी सँग जोड्ने ,प्रर्वद्धन सँग जोड्ने जस्ता कार्यमा बढी लाग्न समेत सुझाव दिनुभयो ।

त्यसैगरी उक्त कार्यक्रमका विशिष्ट अतिथी समेत रहनुभएका सामुदायिक वन उपभोक्ता महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष तथा फुलवारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरीले कपिलवस्तु जिल्लामा रहेका सामुदायिक वन जस्ले आर्थिक स्रोत नभएर दर्ता गर्न समेत रोकिएर बसेका भए त्यस्ता वनहरूलाई सहयोग गर्ने र यश कृषि वन सहज कार्यक्रममार्फत वनमा रहेको खाली जग्गा जमिनलाई सदुपयोग गरि त्यसमा बेसार खेति,डाले घाँस , कागति खेती आदि जस्ता कामहरू गर्ने समेत बताउनु भयो ।

उहाँले वनमा आश्रित समुदायको आर्थिक विकासका लागि वन तथा कृषि सहज कार्यक्रम प्रभावकारी हुने र वन तथा कृषि सहज कार्यक्रमले देशको अर्थतन्त्र समेत बजबुत बनाउन सहयोग पुग्ने बताउदै वनमा आधारित उद्योग स्थापना ,उत्पादन र त्यसलाई बजारीकरण गरि वनमा आश्रित परिवारको आर्थिक विकाससँगै समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।

उक्त बैठक कृषि वन सहज कार्यक्रम बाणगंगा शाखाका अध्यक्ष ढाकाराम अधिकारीको अध्यक्षता त्यसैगरी वडा न.७ का वडा सदस्य तथा फुलवारी सामुदायिक वनका सल्लाहकार हरि शंकर पौडेल , सामुदायीक वनका अध्यक्ष तथा पदाधिकारीहरु र विभिन्न कृषी र्फमका सञ्चालकहरु लगायत सामुदायिक वनसँग आवद्ध सरोकारवालाहरुको सहभागितामा दोस्रो बैठक सम्पन्न भएको थियो ।