सुर्खेत ।

बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुलेनै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका(५ मा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्द जाहेरी दिएका थिए ।

प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउनसाथ बुबा फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार पीडित छोरीले बुबानै आएर दाजुको हत्या गरेको दाबी गरेकी छन् । रातिको घटना भएकाले विस्तृत अनुसन्धान भइरहको प्रहरी उपरीक्षक थापाले बताए । यता स्थानीयवासीले युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका बताएका छन् ।

ुपारिवारिक मनमुटाबका कारण हत्या भएको देखिन्छ,ु उपरीक्षक थापाले भने । स्थानीयका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ । गत असोज २७ गते १९ वर्षीया ु६४ वीरेन्द्रनगर क ३६ु लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

आफू बलात्कृत भएको किशोरीले दाइलाई भनेकी थिइन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए। मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए ।

पीडित छोरीले भारतमा लुकेर बसेका बुबालेनै नेपाल आएर दाजुको हत्या गरेर भागेको दाबी गरेकी छन् । ुप्रहरीको अनुसन्धानमा जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ ।

१४ मा नेपाल पुगेर १५ तारिख राति हत्या गरेर भागेको हुनसक्छ,ु अनुसन्धान खटिएका एक अधिकृतले भने, ‘बुबामाथि शंका गर्ने आधारहरू भेँटिदै गएका छन् ।