वीरेन्द्रनगर ।

सुर्खेतको पञ्चपुरी नगरपालिका (६ कुवापानीमा एक युवक मृत फेला परेका छन् ।

मृत भेटिनेमा सोही ठाउँका १८ वर्षका भरत बुढा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्ण खड्काले बताए । सोमबार राति युवक मृत फेला परेका प्रहरीलाई खबर आएको उनले बताए ।

उनका अनुसार मृतकको शरीरमा चोटपटक देखिएको छ । घटनाबारे जानकारी पाउनासाथ बावियाचौरबाट प्रहरी निरीक्षक विनोद सुवेदीको टोली खटिएको थियो । अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी योगेन्द्रसिंह थापा घटनास्थलमा पुगेका छन् ।

प्रदेश प्रहरी कार्यालय कर्णालीको कुकुर शाखा कोहोलपुरबाट तालिम प्राप्त कुकुरहरु पनि घटनास्थलमा ल्याइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।