अब नेपालमा हुने लोकतान्त्रिक आन्दोलनको नेतृत्व रवि लामिछानेले गर्नु आवश्यक छ।रास्वपाका बारेमा विभिन्न टीका–टिप्पणी भए पनि आजको दिनमा लोकतन्त्रलाई आफ्नो मूल्यमान्यताका रूपमा स्वीकार गर्दै जनताबाट अनुमोदित, राजनीतिक रूपमा बेदाग र विश्वसनीय अर्को नेतृत्व देखिँदैन।

सुमना वा अरू कसैका व्यक्तिगत गल्तीका आधारमा “रास्वपामा परिपक्व महिला नेतृत्व छैन” भन्ने निष्कर्ष निकाल्नु राजनीतिक चेतना र समग्र राजनीतिक प्रक्रियाप्रतिको सतही बुझाइ मात्र हो।
रास्वपामा सोबिता गौतमजस्ता सक्षम र स्पष्ट दृष्टिकोण भएका महिला नेतृत्वलाई नजरअन्दाज गर्नेहरूले वर्तमान राजनीतिक यथार्थ कति बुझेका छन् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको संकटको समयमा पार्टीभित्रको संस्कार र टीमवर्क हो। कठिन घडीमा आफ्ना सभापतिको वरिपरि कसरी उभिने, कसरी जिम्मेवारी बाँड्ने र मानवीय संवेदनशीलता देखाउने भन्ने कुराले नै पार्टीको राजनीतिक परिपक्वता देखाउँछ।

आफ्नै सभापति जीवन–मरणको अवस्थामा हुँदा पनि राजनीतिक लाभका लागि आन्दोलन र दबाबको बाटो रोज्ने संस्कृतिले लोकतान्त्रिक शक्तिको परिपक्वता झल्काउँदैन। लोकतन्त्र सत्ता प्राप्तिको मात्र उपकरण होइन; यो संवेदनशीलता, जिम्मेवारी र मानवीय मूल्यसँग जोडिएको अभ्यास हो—जुन अनुशासन कांग्रेसको नयाँ पुस्तामा देखिन सकेन।

यही सन्दर्भमा रास्वपा फरक देखिन्छ—नयाँ सोच, नयाँ अभ्यास र राजनीतिक संस्कार परिवर्तन गर्ने प्रयासका कारण। अब आवश्यक कुरा विकल्पलाई चिन्नु, बुझ्नु र सचेत रूपमा मूल्यांकन गर्नु हो।