काठमाडौँ ।

आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलाको २ लाख ५९ हजार रुपैयाँ रहेको थियो । यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा १ सय ७० रुपैयाँले बढेको छ । चाँदी १ सय ७० रुपैयाँले बढेर तोलाको ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको यो भाउ अहिलेसम्मकै उच्च हो ।

हिजो चाँदीको भाउ तोलाको ३ हजार ८ सय ८५ रुपैयाँ रहेको थियो ।