काठमाण्डौ ।

काठमाण्डौको सीतापाइलामा आमासहित दुई छोरीहरु मृत अवस्थामा फेला परेका छन्।

३८ वर्षीया आमा, आठ र दुई वर्षीया छोरीहरु घरको कोठाभित्र मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । प्रहरी टोली घटनास्थल पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका एसपी नवराज अधिकारीका अनुसार उनीहरुको हत्या भएको आशङ्कामा थप अनुसन्धान भइरहेको छ