काठमाडौं ।

नेपालको चर्चित गायन रियालिटी शो द भोइस अफ नेपाल सिजन ५ को ग्रान्ड फिनाले शुक्रबार ९आज० हुँदैछ ।

फिनाले अपराह्न ४ बजेदेखि ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ।

उत्कृष्ट ४ प्रतिस्पर्धी यसअघि नै छानिइसकेका छन् । ४ मा टिम उदयबाट कुमार प्रयास, टिम राजेशबाट मकर योञ्जन, टिम प्रमोदबाट नोगेन लिम्बू र टिम मिलनबाट विनोद राई छानिएका छन् ।

यिनै ४ प्रतिस्पर्धीबाट आज एकजना सिजन ५ का विजेता घोषित हुनेछन् ।