काठमाण्डौ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू(भागमा सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।महाशाखाका अनुसार राति गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।