रिता खनाल कपिलवस्तु ,
लाेप हुन लागेका साेरठीका भाका र नाचहरुलाई जाेगाउने उदेश्यका साथ चर्चीत हाँस्यकलाकार उज्ज्वल गिरी (दानबिर) काे अभिनयमा मौलिक साेरठी गित मर्न नपराेस सार्वजनिक गरिएको छ ।
नेपाली लाेपाेन्मुख माैलिक लाेक भाकाहरु र संस्कृतिकाे संरक्षणका लागी क्रियाशील बामी मैदान संस्कृती संरक्षण परिवार गुल्मीको संकलनमा आफुले संगीत संयाेजन ठेट गित गायर लाेकप्रिय बन्नुभएका गायक बिर बहादुर बिस्वक्रर्मा र कमल बराल काे स्वरमा साेरठी मर्न नपराेस देउसीँ भैलाे म्युजिक भिडियो सहित तिहार आउनै लाग्दा सार्वजनिक गरिएकाे छ।
प्रदेशीलाई रुवाउने निकै मार्मिक रहेको उक्त गितमा लाेक तथा दाेहाेरी क्षेत्रमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल हाँस्य कलाकार उज्ज्वल गिरी (दानबिर)काे सुन्दर अभिनय र साेरठिका ति नृत्यले सुन्ने हेर्ने सबै दर्शककाे ध्यान केन्द्रित गरेकाे छ ।
आफ्ना आमा बाबालाई छाेडेर पर्देशिनुको पीडा दुख बिरानाकाे देशैमा मर्न नपराेस जस्ता निकै मार्मिक साेरठी ती भाकाले सुन्ने हेर्ने सबै दर्शकका आखाँ रसाएकाे छ ।
धेरै दर्शक स्रोताकाे माया बटुलेकाे साेरठी गितले पछिल्लो समय बुढा बुढि युवा पिढिँकाे ध्यान केन्द्रीत गरेकाे छ।