काठमाडौ। आज यम पञ्चकको चौथो दिन गोबर्द्धन पुजा काग, कुकुर, गाई हुँदै आज कृषि कार्यमा संलग्न गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिन कृषि कार्य गर्न सहयोग गर्ने गोरूको पुजा गरि मिठोमिठो खान दिने गरिन्छ।

हिन्दु धर्माबलम्बीहरूको महान् ग्रन्थ गितामा भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको भन्ने उल्लेख छ ।

भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी समेत मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाइबस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रूपमा पुजा गर्ने चलन रहिआएको छ ।

गोवर्धन का साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि कार्यमा प्रयोग हुने अन्य औजारहरुको पनि पुजा गर्ने गरिन्छ ।