काठमाडौं ।
शुक्रबार राती गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ। यीमध्ये ९९ महिला र ५८ जना पुरुष रहेका छन्।
सबैभन्दा धेरै भूकम्पको इपिसेन्टर जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ। यसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन्।
त्यस्तै, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। यीमध्ये २७ जना महिला र २५ पुरुष रहेका छन्। हालसम्म जाजरकोटमा ८१, रुकुम पश्चिममा ७९ तथा दैलेख र जुम्लामा ३–३ जना गरी १६६ जना घाइते भएका छन्। घाइते मध्ये ५ जना डिस्चार्ज भएका छन्।
गए राती ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।