काठमाडौं ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा साढे ८ सय भन्दा बढी प्रहरी जनशक्ति परिचालन भएको छ ।
प्रभावित क्षेत्रमा उद्धारका लागि जाजरकोटबाट सबैभन्दा बढी ४५० जना गरी ८५९ जना प्रहरी परिचालित भएका हुन् ।यस्तै रुकुम पश्चिमबाट ३२०, कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९, चौरजहारी बेस क्याम्पबाट २० जना परिचालन भएका छन् ।
त्यसै गरी नेपाल प्रहरी अस्पतालबाट मेडिकल टोली ११ जना, सल्यानबाट १० र इप्रका बादेपिपद सुर्खेतबाट ९ जना परिचालन गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अहिलेसम्म जाजरकोटमा १ सय र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।
घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना छन् ।